श्री कृष्ण जन्माष्टमीका दिनमा लदाम रानीगैरा सामुदायिक वनमा वृक्षारोपण

सन्धिखर्क,भदौं ०१ ।पूर्ण ब्रह्म कबीर उपासक नेपाल शाखा कार्यालय अर्घाखाँची नामदान केन्द्रको आयोजनामा वृक्षारोपण गरिएको छ।
सन्धिखर्क १ मा रहेको ताधा लदाम रानीगैरा सामुदायिक वनमा करिव ७सय भन्दा बढी विरुवाहरू रोपिएको हो । जसमध्ये चिउरी ,अमला ,रिठो ,बकानो ,सित्तल चिनी, बदर, लगायत विरुवाहरू रहेको अभियान्ता राजेश श्रेष्ठले जानकारी दिनुभयो ।
पूर्ण ब्रह्म कबीर उपासक समाज नेपाल, अर्घाखाँची जिल्लाका सम्योजक कृष्ण दासको प्रमुख आतिथ्यतामा र सन्धिखर्क नगरपालिका १ लदाम रानीगैरा सामुदायिक वन विच समन्वयमा कार्यक्रम गरिएको हो ।कार्यक्रम लिलाम रानीगैरा सामुदायिक वनका उपभोक्ता समितीका सल्लाहकार मनिराम पराजुली लगायतको पनि सहभागीता रहेको थियो ।
यस्तै यस्ता कार्यक्रमले वातावरण संरक्षणमा महत्वपुर्ण भुमिका खेल्ने उपेक्षा राखिएको छ । श्री कृष्ण जन्माष्टमीको दिन पारेर शनिबार वृक्षारोपण गरिएको हो ।
कमेन्ट गर्नुहोस !