लामिछानेद्वारा कान्तिपुर पब्लिकेसन प्रालिविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्नुभएको छ ।
लामिछानेले अधिवक्ता अफताब आलमलाई वारेस राखेर काठमाडौं जिल्ला अदालतमा मंगलवार (आज) मुद्दा दायर गरेका हुन् ।
मुद्दामा कान्तिपुर पब्लिकेसन, उक्त पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, ई९कान्तिपुर डट्कम र कान्तिपुर दैनिक पत्रिकालाई प्रतिवादी बनाइएको छ ।
सामाजिक संजालमा भनाइ
एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो। मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।’
कमेन्ट गर्नुहोस !