आल्मुनियम फेब्रीकेटर सम्बन्धि तालिम सन्धिखर्कमा सम्पन्न

सागर महत,सन्धिखर्क।घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले ४सय ८ घण्टे आल्मुनियम फेब्रीकेटर सम्बन्धी निःशुल्क तालिम सन्धिखर्कमा सम्पन्न गरेको छ। वेरोजगार युवालाई सीप प्रदान गरि आर्यआर्जन गर्न सहज होस भनेर तालिम संचालन गरिएको कार्यालय प्रमुख दुर्गा न्यौपानेले बताउनुभयो ।


पछिल्लो समय आल्मुनियम फेब्रीकेटर घर लगायतका अन्य भवन निर्माणमा समेत यसको बढ्दो प्रयोग हुने गरेको र यसका लागि चाहिने दक्षजनशक्ती नहुँदा समस्या समेत हुने गरेकोले मागको आधारमा तालिम संचालन गरिएको उहाँले बताउनुभयो।


यस्तै सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्यले सिप सिक्नु मात्र ठुलो विषय नभएको तर सिपको सही सदुपयोग गर्नु ठुलो विषय भएकाले सही सदुपयोग गरी आयआर्जनमा लाग्न अनुरोध गर्नुभयो।

 


आफ्नो माटोमा सिकेको सीप सदुपयोग गर्न सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष माधव श्रेष्ठ र वडा नम्बर २ का वडा अध्यक्ष मोजीजंग रायमाझीले आग्रह गर्नुभयो ।कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका सुचना अधिकारी हुम बहादुर विकको संचालनमा सम्पन्न भएको हो ।तालिममा सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close