नेपाल मोबाइल व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा हिताङ्ग चयन

गोपाल प्रसाद भट्टराई,साउन ३अर्घाखाँची ।
अर्घाखाँचीमा मोबाइल व्यवसाय गर्ने व्यवसायीहरुको छाता संस्था नेपाल मोबाइल व्यवसायी संघ अर्घाखाँचीको स्थापना भएको छ । शनिबार सन्धिखर्कमा सम्पन्न मोबाइल व्यवसायीहरुको भेलाले तदर्थ समिति गठन गरेको हो ।भेलाले अध्यक्ष सञ्जय हिताङ्गको नेतृत्वमा १७ सदस्यिय तदर्थ समितिको सर्वसहमत गठन गरेको बताइएको छ ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा कमल पाण्डे, उपाध्यक्ष सुदन आचार्य, महासचिव शिव बन्जाडे, सचिव प्रकाश भट्टराई, कोषाध्यक्ष बिशाल के।सी।, सह–कोषाध्यक्ष रिषि बन्जाडे र वरिष्ठ सदस्य बिजय कौशल चयन हुनुभएको छ ।जिल्लाका विभिन्न क्षेत्रमा रहेर मोबाइल व्यवसाय गर्दै आएका व्यवसायीलाईएकतावद्ध गर्ने उश्यले मोबाइल संघ गठन गरिएको तदर्थ समितिका अध्यक्ष हिताङ्गले जानकारी दिनु भयो ।

तदर्थ समितिको सदस्यहरुमा भरत कुंवर, आकाश खनाल, भविश्वर भुसाल, केशव सुनार, सचिन कार्की, धुर्ब पराजुली, रामु पौडेल, सरस्वता बन्जाडे रप्रकाश आचार्य छनौंट हुनुभएको छ । नवगठित तदर्थ समितिलाई पूर्णता दिएर व्यवसायिक हितमा काम गर्ने योजनामा आफुहरु रहेको अध्यक्ष हिताङ्गले जानकारी दिनुभयो ।

नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रिय सदस्य बिष्णु ज्ञवालीले उक्त भेलाको उद्घाटन गर्दै मुलुकको अर्थतन्त्र सुधारमा काँध थापिरहेका व्यवसायीलाई राज्यले उचित सहयोग गर्न नसकेको आरोप लगाउनुभएको छ ।खड्क बहादुर के।सी।को अध्यक्षता र सञ्जय हिताङ्गको संचालनमा सम्पन्न भेलामा मोबाइल व्यवसायी महासंघ लुम्बिनीका बरिष्ठ उपाध्यक्ष डिएन भण्डारी र बुटवल मोबाइल संघ रुपन्देहीका अध्यक्ष शिवदेव अर्याल लगायतले मन्तव्य राख्नुभएको थियो ।गाडी व्यवसाय पछि राज्यलाई धेरै कर तिर्ने मोबाइल व्यवसाय संचालनमा राज्यको स्पष्ट निति नहुँदा समस्यामा परेको उनिहरुले बताएका छन् ।
२० प्रतिशत सम्म नाफा कमाउने निति कार्यान्वयनमा आउनुपर्ने, सेकन्डहेन्ड मोबाइल कारोबारको निति बनाइनुपर्ने र व्यवसायिक वाताबरण निर्माण गर्न गराउन छाता संस्थाको उदय भएको उनिहरुको जिकिर छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close