ऐरावति माझिदमारमा कृषकलाई टनेल मल्चिङ तथा क्यारेट वितरण

प्युठान ।ऐरावति गाउँपालिका वाड नम्वर १ काे माझिदमारमा कृषकलाई टनेल मल्चिङ तथा क्यारेट वितरण गरिएको छ । व्यवसायिक कृषि मार्फत किसानकाे उत्पादन बढाउने र बजारिकरणका माध्यम बाट अार्थिक उन्नति गराउने उदेश्यका साथ झिम्रुक स्वाबलम्वि समुहमा सामाग्री वितरण गरिएको हाे ।

ऐरावति गाउपालिकाकाे आर्थिक सहयाेग,हेफर प्राेजेक्ट नेपालकाे प्राविधिक सहयाेगमा मल्लरानि ग्रामीण विकास सराेकार केन्द्रकाे सहजिकरणमा सञ्चालित परियाेजन अन्तरगत सामाग्री वितरण गरिएको हाे । कार्यक्रममा वार्ड नम्वर १ का अध्यक्ष अमर रेश्मिले परम्परागत कृषि प्रविधिले कृषककाे प्रगति नहुने भन्दै आधुनिक विधिबाट उत्पादन गर्नुपर्नेमा जाेड दिनुभयाे ।

समुहले व्यबसायिक खेति सम्बन्धि तालिम तथा अन्य स्रोत समेत प्राप्त गरेकोले काम गरेर देखाउनु पर्ने बताउनुभयो । कृषि क्षेत्रकाे विकासका लागि गाउँपालिकाले मुख्य प्राथमिकता दिएको स्मरण गराउदै कृषकले मन,वचन र कर्मले काम गरेमा मात्रै पालिकाकाे लक्ष्य हासिल हुने उहाकाे भनाइ रहेकाे छ ।

कार्यक्रममा बोल्दै परियोजना संयोजक नेत्र मरासिनीले कृषकले उत्पादनमा जाेड दिनुपर्ने र सहकारिले स्थानिय उत्पादन लाई बजारीकरण गर्ने र उत्पादनसँग सदस्य लाई जोड्ने काम गर्ने बताउनुभयाे । उहाले भन्नुभयो उत्पादनमा समूह लाग्नुस,बजारिकरणमा पालिका र परियाेजनाले व्यवस्थापन मिलाउनेछ ।

कार्यक्रममा वडा सदस्य टिकाराम अाचार्य,प्राविधिक संयोजक खिम बहादुर श्रेष्ठ लगायतको उपस्थित रहेको थियोे । कार्यक्रम झिम्रुक स्वाबलम्वि समूह अध्यक्ष मन्जु सुवेदिकाे अध्यक्षता र सामुदायिक सहजकर्ता टिकाराम नेपालीको सञ्चालनमा सम्पन्न भएको हाे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close