नेनाज फाउन्डेसनले सन्धिखर्कमा फरक क्षमता भएका विद्यार्थीलाई अध्यापन गराउन शिक्षक राख्ने

सन्धिखर्क ।नेनाज फाउन्डेसन नेपालद्वारा सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको निर्मल नबज्योती सुस्त मन स्थिती विद्यालयमा २ वर्षको लागि पढाउनको लागि शिक्षकको तलबको लागि आर्थिक सहयोग र विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने भएको छ।
फाउन्डेसनले २ वर्षको लागि मासिक १८ हजारका दरले ४ लाख६८ हजार आर्थिक सहयोग गर्ने भएको छ।यस्तै ५० हजार बराबरको शैक्षिक सामग्री प्रदान गर्ने फाउन्डेसनका अध्यक्ष खिमानन्द पन्थीले जानकारी दिनुभयो ।
प्राध्यापक कमला भुसालका अनुसार फरक क्षमता भएका बालबालिकालाई १ जना शिक्षिका थप गर्दा पठनपाठनमा सहज हुने बताउनुभयो । साथै फाउन्डेसनले दरखास्त आह्वन समेत गरेको छ ।छनोट भएका एक जना शिक्षिकालाई १ महिनाको तालिम समेत प्रदान गर्ने छ ।
कमेन्ट गर्नुहोस !