अर्घाखाँचीमा ८ जनामा कोरोना पुष्टि ,१ जनाको मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ५ जना,मालारानी गाउँपालिकामा १ र जना,छत्रदेव गाउँपालिकामा २ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार २ सय ५९ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ७ जना कोरोना मुक्त भएर डिस्चार्ज भए संगै हाल सम्म कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या ४ हजार १ सय३ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ७४ रहेको छ ।

सन्धिखर्क नगरपालिकामा ३३ जना,शितगंगा नगरपालिकामा ५ जना,मालारानी गाउँपालिकामा ९ जना,पाणिनी गाउँपालिकामा २४ जना र छत्रदेव गाउँपालिकामा ३ जना गरि ७४ जना सक्रिय संक्रमित रहेका छन । यस्तै पछिल्लो २४ घण्टामा छत्रदेव गाउँपालिकामा १ जना कोरोना संक्रमितको मृत्यु भए संगै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close