स्वरोजगार लघुवित्त वित्तीय संस्थाको आयोजनामा सन्धिखर्कमा कृषकलाई प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्घाखाँची,चैत्र २९ ।स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा सन्धिखर्कमा कृषकलाई मौसमी तथा बेमौसमी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।सुख र समृद्धि को आधार सबैका लागि स्वरोजगार भन्ने मुल नारा सहित केन्द्रिय कार्यालय बनेपा को आयोजना तथा शाखा कार्यालय सन्धिखर्क अर्घाखाँचीको समन्वयमा कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रममा बोल्ने बक्ताले आफ्नो बारिमा व्यावसायिक ढंगबाट तरकारी साग सब्जी हरु लगाइ बजारको विषादियुक्त तरकारीलाई निषेध गर्न ,साथै वित्तिय साक्षरताको माध्यामबाट आर्थिक अनुशासनको पाटो सिकाउदै आज बचत भोलिको भविस्यको आधार बन्ने हुदा फजुल खर्चलाइ कटौती गरि बचत गर्ने बानिको बिकास गरि संस्थाको नितिनियम पुरापुर पालना गरि संस्थाको सेवा सुविधाहरुबाट बढी भन्दा बढी लाभान्वित हुन सदस्य हरुलाइ आग्रह गरिएको थियो ।यस्तै मौसमी तथा बेमौसमी तरकारीबाट हुने फाइदाको बारेमा पनि सोहि अनुसार कृषकलाई आल्गन आग्रह गर्नुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका २ का वडासदस्य दामोदर पौडेलको प्रमुख आथित्यता, स्वरोजगार लघुवित्त वित्तिय सस्था लिमिटेड केन्द्रिय कार्यालयका तालिम विभाग प्रमुख तथा अनुगमन अधिकृत विजय नारायण ठाकुरको विशिष्ट आथित्यता ,सन्धिखर्क नगरपालिका का कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको प्रशिक्षणमा तालिम भएको हो ।
सन्धिखर्क नगरपालिका,भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिका का करिब ७० जना भन्दा बढी कृषक ग्राहक सदस्यहरु लाभान्वित हुनु भएको जनाएको छ।
साथै सन्धिखर्क शाखाका शाखा प्रबन्धक चन्द्रदेव खनालले सदस्य हरुलाइ संस्थाका सेवा सुविधा हरु नितिनियममा रहेर सबै सदस्य ले उपयोग गर्न र आफुले सिकेको सिप ज्ञानको सहुपयोग गरि व्यवसायिक र आत्मनिर्भर बन्न प्रेरित गर्दै स्वरोजगार लघुवित्त वित्तिय संस्था सदैव विपन्न वर्गको हकहितका लागि प्रतिवद्द रहेको प्रष्ट पार्नु भयो।कार्यक्रम बुधबार र बिहिबार २ दिन सम्म सन्धिखर्कमा चलेको थियो ।
कमेन्ट गर्नुहोस !