अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खरेलको २ महिनामा सरुवा

सागर महत,असार ०५अर्घाखाँची ।अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको गृहमा सरुवा भएको छ ।बुधबार कार्यशैली ठिक नभएको भन्दै प्रशासनका कर्मचारीले बिरोध जनाएका थिए।
२महिना अघि आएका प्रमुख जिल्ला अधिकारी खरेल विरुद्ध एक महिना अघि पनि कर्मचारीले आन्दोलन गर्ने भनेका थिए।पछि केही समय कर्मचारीले कार्यशैली हेर्ने निर्णय गरेर आन्दोलन बाहिर मात्र आएको थिएन।हिजो प्रशासन कार्यालयमा ३ घण्टा सेवा बन्द गरेर कर्मचारी आन्दोलित भएका थिए।कर्मचारी संग माफी मागेर आन्दोलन रोकिएको थियो ।कर्मचारी संग समन्वय गरेर काम गर्न नसक्दा उनको सरुवा भएको हो ।
यता जिल्ला प्रशासन भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल अर्घाखाँचीमा सरुवा भएको छ। अर्घाखाँचीका प्रजिअ वेदप्रसाद खरेल गृहमन्त्रालयमा सरुवा भएका हो ।
कमेन्ट गर्नुहोस !