काँग्रेस अर्घाखाँचीको १४ औँ महाधिवेशन अन्तरगत आज हुने जिल्ला अधिवेशन तयारी पुरा

अर्घाखाँची ।नेपाली नेपाली काँग्रेस १४ औँ महाधिवेशन अन्तरगत आज हुने जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।सोहि अनुसार हिजो नै विभिन्न पदको लागि मनोनत दर्ता भएको थियो ।सभापति पदमा ४ जना,उपसभापति पदमा ४ जना,सचिवमा ४ जना,सहसचिवमा ५ जना,जिल्ला सदस्यमा ५१ जना,केन्द्रिय महाधिवेशन प्रतिनिधिमा ८७ जनाले मनोनन दर्ता गरेका हुन ।मतदान बिहान ९ बजे बाट सुरु हुने छ ।जसको लागि सम्पुर्ण तयारी पुरा भएको कांग्रेस अर्घाखाँचीले जनाएको छ ।६१ वडा बाट सभापति सहित १४ सय भन्दा बढी प्रतिनिधिले मतदानमा सहभागी हुँदै छन ।केहि प्रतिनिधि हिजो नै आइपुगेका छन,भने केहि प्रतिनिधी आज आउने छन ।जसको लागि यातयातको व्यवस्था समेत गरिएको पार्टी सभापति विष्णु प्रसाद खनाल (मुस्कान )ले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close