अर्घाखाँचीको मुख्य सडकमा चालकको आँखा परिक्षण

सागर महत जेठ २८,अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सवारी चालकको आज सडकमा निःशुल्क आँखा परीक्षण गराएको छ । जिल्लाको गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत लाहुरे बजारमा सवारी चालकको आँखा र रक्तचापको समस्या रहे/नरहेको पत्ता लगाउन निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण शिविर संचालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।


जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको समन्वयमा भएको उक्त शिविरमा करिव १सय जना चालकको आँखा परिक्षण तथा स्वास्थ्य परिक्षण गरिएको उहाँको भनाइ छ ।यस्तै कुन सडकमा कुन मार्ग प्रयोग गरेर जान सकिन्छ भनेर जानकारी मुलक बोर्ड हरु समेत राखिएको छ।

चालकको आँखा परीक्षण शिविरले सवारी दुर्घटनामा कमी ल्याउन महत्वपुर्ण योगदान पुर्याउने र शिविरहरुले चालकहरुको स्वास्थ्यप्रति सचेतना अभिवृद्वि गर्न र सुरक्षित यात्रा गर्न टेवा पुग्ने स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख कृष्ण प्रसाद पोखरेलले बताउनुभयो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख निरज गौतम ,स्वास्थ्य कार्यालय का लेखापाल बाबुराम थापा,अर्घाखाँची अस्पताल का तस्बिर गैरे लगायतको पनि सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close