नेपाल शिक्षक संघ अर्घाखाँचीको नवौ जिल्ला अधिवेशन सन्धिखर्कमा जारी

सन्धिखर्क ।नेपाल शिक्षक संघ अर्घाखाँचीको नवौ जिल्ला अधिवेशन सन्धिखर्कमा जारी छ । अधिवेशनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व उपसभामुख पुस्पा भुसालले पानसमा दीप प्रज्जलन गरेर उद्घाटन गर्नु भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरत प्रसाद लम्साल, महासचिव सोमनाथ गिरी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल , जिल्ला सभापति केशव श्रेष्ठ, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका महासचिव लालप्रसाद पंगेनी, नेपाल शिक्षक संघका सस्थापक सभापति पिताम्बर शर्मा, नेपाली कांग्रेसका सभापति केशव श्रेष्ठ, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति कमल प्रसाद भुसाल, प्रदेश सदस्य शान्ता भण्डारी, पुर्ब अध्यक्ष गणेशबहादुर सिंह, निबर्तमान अध्यक्ष यादव प्रसाद घिमिरे, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि निर्मला क्षेत्री, पिताम्बर खनाल, सुर्य प्रसाद अधिकारी, शितगंगा नगरपालिकाका नगर प्रमुख छबिलाल पौडेल, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, शिक्षा विकास समन्वय इकाईका प्रमुख मणिराम पराजुली, नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश सचिव नन्दराम भट्टराई, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रेमनारायण आचार्य, लुम्बिनी प्रदेश सचिव सुर्य प्रसाद भुसाल, प्राध्यापक संघका अध्यक्ष माधवराज चुदाँली, नेपाली कांग्रेस छत्रदेवका सभापति प्रकाशराज पन्थी, भुमिकास्थानका सभापति खडानन्द वेल्वासे, वडा अध्यक्षहरु नारायण पाण्डे, हुम प्रसाद बन्जाडे लगायतले मन्तब्य राख्नु भएको थियोे ।


कार्यक्रम नेपाल शिक्षक संघ अर्घाखाँचीका कार्यबाहक अध्यक्ष शारदा भट्टराईको अध्यक्षता, उपाध्यक्ष नेत्र प्रसाद पोख्रेलको स्वागत मन्तब्य र सचिव लालमणि पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close