अर्घाखाँचीमा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव सुरु

सागर महत,अर्घाखाँची ।
नेकपा एमालेका सचिव तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बामपन्थी र गैर बामपन्थीको बिचार यस पटकको निर्वाचनमा जनताले गरेको बताउनुभएको छ ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पाँचौं अर्घाखाँची महोत्सवको उद्घाटन गदै यस्तो बताउनुभएको हो । २०७४ सालको निर्वाचनमा बामपन्थी दललाई दुइतिहाइ जनमत प्राप्त .भएको थियो ।
अहिलेको निर्वाचनमा गैर बामपन्थीको गठबन्धन भएकाले सोहि बमोजिमको जनमत जनताले नदिएको उहाँको भनाई छ । यस्तै अहिले पुन बामपन्थीहरु संगै अन्य दलहरु मिलन भएर सरकार बनेको छ।यसको अवधी गन्तव्यमा जान्छ अथवा जादैन अहिले भन्न नसकिने अवस्था रहेको रायमाझीको भनाइ छ ।
यता अहिले देशको अर्थतन्त्र खराब अवस्थामा रहेकाले यसको नियन्त्रणमा सबै लाग्नु पर्ने समय आएको बताए ।
कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सहितको पाँचौं सन्धिखर्कमा आजदेखि सुरु भएको हो। माघ २४ गतेसम्म संचालन हुने महोत्सवमा अर्घाखाँचीलाई व्यावसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन, जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरुको प्रर्बद्धन गर्न महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताउनुभयो ।
उद्धाटन सत्रमा विभिन्न समुदायले जातजाती र भेषभुषा झल्कने झाकीसहितको प्रदर्शन गरेका थिए। स्थानीय नेवारी समुदायको मौलिक नाच भैरव नाच, सोरोठी नाच, मारुनी नाच, अर्घाका पञ्चेबाजा प्रदर्शन गरिएको चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष अशोक श्रेष्ठले बताए ।
अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी,लुम्बिनी प्रदेश सभा सदस्य रामजी घिमिरे,सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ लगायतको पनि सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !