पशुपंक्षी तथा मत्स्य बिकाश निर्देशनालयको आयोजनामा अर्घाखाँचीमा कृषि तथा पशुपंक्षी फर्मको अनुगमन

सन्धिखर्क ।पशुपंक्षी तथा मत्स्य बिकाश निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०७९/ ८० र ८०/ ८१ का संचालन गरेका खुकुरा पोषण ,बाख्रा फार्म ,गाई फर्म ,बगुर फार्म ,माछा फार्म,डेरी उद्योग,छुर्पी उद्योग लगायतमा पनि अनुगमन गरिएको छ ।
पशुपंक्षी तथा मत्स्य बिकाश निर्देशनालय लुम्बिनी प्रदेश का प्रमुख डा. प्रवेश सिंह कुँवर नेतृत्वको अनुगमन टोलीले पाणिनी गाउँपालिका ,सन्धिखर्क नगरपालिका लगायतका जिल्लाका अन्य पालिकामा पनि अनुगमन गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।
अनुमगनको क्रममा कृषहरुलाई आगामी दिनमा थप उत्पादनमुखी बनाएर फर्म संचालनकलाई सल्लाह सुझाव तथा समस्याका समधानको उपायकाबारेमा टिप्पणी संकलन गरिएको थियो । दुध र मासुमा आत्मनिर्भर अर्घाखाँचीमा आगामी दिनमा बजारीकरणको समस्या समधानको बारमा सहजीकरण गर्ने बताएको छ । यस्तै बोयर जातका बाख्रालाई मासुको बजारीकरणको विषयमा समेत किसान सँग परामर्श भएको जनाएको छ ।
कमेन्ट गर्नुहोस !