अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्षले एकीकृत समाजवादीको पक्षमा सनाखत

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नुभएको छ । नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष गौतमले आज जिल्ला निर्वाचन कार्यालय अर्घाखाँची पुगेर एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गर्नुभएको हो ।उहाँ सँगै अन्य २ जना वडा सदस्यले पनि सनाखत गरेका छन ।
जसमध्ये पाणिनी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य ओमप्रकाश भुसाल र सन्धिखर्क नगरपालिका वडा नम्बर १ कि वडा सदस्य शुुमित्रा मुखियाले नेकपा (एकीकृत समाजबादी ) मा रहेको ब्यहोरा सहित सनाखत गर्नु भएको हो ।हिजो मात्र जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य डालबहादुर चौहानले सनाखत गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !