५ हजार बढी सवारी ट्राफिक कारबाही बाट अर्घाखाँचीमा ३५ लाख ८३ हजार ५ सय राजश्व संकलन

सागर महत /अर्घाखाँची ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले सवारी साधन कारबाहीबाट चालु आर्थिक वर्षको साउन महिनादेखि जेष्ठ मसान्तसम्म ३५ लाख ८३ हजार ५ सय राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।जसमा बस,जीप,कार, ट्रक ,टेम्पो मोटरसाइकल गरि ५ हजार ६ सय ९ सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव निरिक्षक प्रविण आचार्य जानकारी दिनुभयो ।
यस्तै गत आर्थिक वर्ष ०७६/०७७ मा विभिन्न सवारी दुर्घटनामा परि ३२ जनाको मृत्यु भएकोमा यो आर्थिक वर्ष ०७७ /०७८ को ११ महिनाको अवधिमा विभिन्न सवारी दुर्घटना मृत्यु हुनेको संख्या ६ रहेको कार्यालयका प्रहरी हवल्दार नारायण पराजुलीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !