अर्घाखाँचीकी चेली निरा पाण्डे आचार्यको अन्त्येष्टि गरियो

काठमाडौँ। अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा माईती घर भएकी निरा पाण्डे आचार्यको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
काठमाडौँको कपन सरस्वतीनगरमा बसोबास गरेर भाडा पसल गरेकी निरा पाण्डे आचार्यको वैशाख ७ गते हत्या भएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले आइतबार हत्यामा संलग्न भएको आरोपमा झापाबाट विनोद विकलाई पक्राउ गरेको थियो ।

सिआइबीको टोलीले निराका घरपरिवार तथा आफन्तसँग छलफल गरेर शव जिम्मा लगाएको थियो । माइती पक्षले भने प्रहरीको अनुसन्धानमा चित्त नबुझेको भन्दै अन्त्येष्टिमा सहमति जनाएको थिएन ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close