नेकपा माओवादी केन्द्र मालारानीको नयाँ नेतृत्व चयन,अध्यक्षमा भुसाल

सन्धिखर्क । नेकपा माओवादी केन्द्र मालारानी गाउँ समितिको तेस्रो गाउँ अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनबाट अध्यक्षमा शोभाखर भुसाल चयन हुनुभएको छ ।

यस्तै उपाध्यक्षमा हेमराज भुसाल , चन्द्रमणी खनाल , सिता जिसी , सचिवमा बिष्णु पुन र कोषाध्यक्षमा बाबुराम रसाइली लगायत निर्वाचित भएको नेकपा माओवादी केन्द्र अर्घाखाँचीले जनाएको छ ।

यस्तै अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सचिव तथा पूर्व मन्त्री चक्रपाणी खनाल (बलदेव)ले माओवादी अब फरक परिवेशबाट जनता माझ गएको बताउनुभएको छ ।अब जनताका आधारभुत आवश्यकताका समस्या समधानका लागि अभियान सुरु भएको हो ।यस्तैे संविधानमा महिला,दलित,मुस्लीम लगायतको अधिकार माओवादीले प्रदान गरेको दाबी गर्नुभयो ।

अहिले मधेशको अभियानमा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड ) लगायतका केन्द्रिय नेता खटेको समेत उहाँको भनाइ छ ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्रबहादुर खड्का,जिल्ला इन्चार्ज ठाकुर कुमार विक,जिल्ला संयोजक राजेन्द्र भुसाल लगायतको सहभागीता रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close