नेपाली कांग्रेस शितगंगा ६ को वडा सम्मेलन सम्पन्न,एकै दिन ३२ जना क्रियाशील सदस्यता भरियो

अर्घाखाँची ।नेपाली कांग्रेस शितगंगा नगरपालिका वडा नम्बर ६ को वडा सम्मेलन सम्पन्न भएको छ ।

वडा सभापति पदम रजालिको सभापतित्व नेपाली काङ्ग्रेस जिल्ला पाटिबाट प्रतिनिधि को रुपमा खटिएका जिल्ला सदस्य असोक पौडेलको सहजिकरणमा भएको कार्यक्रममा कांग्रेस प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसाल , क्षेत्रीय सभापति हेमन्त बेल्वासे ,नगर सहसचिव चन्द्र रेश्मि ,नेता कमल ज्ञवालि लगायतका नेता तथा कार्यकर्ताको सहभागतिामा कार्यक्रम भएको हो ।

कार्यक्रममा क्रियाशील सदस्य वितरण समेत गरिएको हो।यस्तै कांग्रेसको संगठन सुधारका लागि आगामी निर्वाचनमा कु्नै पार्टी संग गठबन्धन नगर्न स्थानीय कार्यकर्ताले आग्रह गरेका छन ।यस्तै हिजो मात्र ३२ जनाको क्रियाशील सदस्यता भरिएको काङ्ग्रेस क्षेत्रीय सभापति हेमन्त बेल्वासेले जानकारी दिनुभयो।यस्तै नयाँ क्रियाशील सदस्यको माग आएकोमा तत्कालै त्यसलाई पनि सहजीकरण गरेर अगाडी बढने बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close