अर्घाखाँचीमा आगलागीका घटना न्यूनीकरणका लागि संयन्त्र निर्माण

सागर महत,सन्धिखर्क ।
डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा वन डढेलो व्यवस्थापन तालिम पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर वन अधिकृत मोहन प्रसाद श्रेष्ठले जिल्ला भरमा आगलागीका घटना न्यूनीकरणका लागि तीन वटा संयन्त्र निर्माण गरिसकेको बताउनुभएको छ।
जसमा आगलागीका घटना रोकथाम र न्यूनीकरणका लागि जिल्ला बिपद समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकाय परिचालन र निर्देशन, सिनियर वन अधिकृतको मातहतमा समुह परिचालन ,वनका कर्मचारी परिचालन ,श्रोत साधन परिचालन र स्थानीयतहबाट श्रोत साधन परिचालन रिपोटर्टिङ एव समन्वय रहेको बताउनुभयो ।अर्घाखाँचीका ४सय ४६ वटै सामुदायिक सामुदायिक वनहरुबाट आगोलागि नियन्त्रण गर्ने कार्ययोजना र बढी डढेलेको जोखिममा रहेका १६ क्षेत्रमा विशेष कार्ययोजना बनाएको सिनियर वन अधिकृत श्रेष्ठले बताउनुभयो।
यस्तै पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले आफ्नो पालिकामा तार हरु हरियो रुखमा छोहिए र आगलागीका घटना भएकाले रुख कटानमा वन कार्यालय र विद्युत कार्यालयले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
उपाध्यक्ष नर्मदा पौडे्लले विपदका घटनामा सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले गाउँपालिकाले आगलागि नियन्त्रणको लागि अहिले ट्क्टर खरिद गरेको छ ।त्यसले मिनि दमकलको काम गर्ने बताउनुभयो ।
यस्तै पाणिनि गाउँपालिका वडा नम्बर ६का वडा अध्यक्ष कृष्ण पौडे्लले आगलागी नियन्त्रणको लागि वडा स्तरमा पनि सचेतना कार्यक्रम गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि ,वन उपभोक्ताका पदाधिकारी ,सुरक्षा निकायका प्रतिनिधि र स्थानीयलाई प्रतिनिधि मुलक सहभागी रहेको कार्यक्रममा गण्डकी जलाधार जलवायु उत्थान आयोजनाले समन्वय गरेको थियो ।
गण्डकी जलाधार जलवायु उत्थान आयोजनाकाका सहायक लक्षमण कुवरले यो कार्यक्रम १५जिल्लामा लागू भएपनी लुम्बिनी प्रदेशका अर्घाखाँची सहित ३जिल्लमा लागू भएक बताउनुभयो।कार्यक्रम डिभिजन वन कार्यालय अर्घाखाँचीका बरिस्ठ वन अधिकृत गणेश कुमार थारुको संचालनमा सम्पन्न भएको हो।
कमेन्ट गर्नुहोस !