एच.पि.भि खोप भूमिकास्थानमा १ हजार बढी किशोरीलाई दिने तयारी

गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची।
यहि माघ २२ गतेदेखि फाल्गुन ६ गतेसम्म सरकारले संचालन गर्न लागेको एच.पि.भि खोप अभियानलाई सफल पार्न अर्घाखाँचीको भूमिकास्थानले पनि तयारी सुरु गरेको छ । जस अनुसार भूमिकास्थानले बुधबार एच.पि.भि खोप अभियान २०८१सम्बन्धि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

भूमिकास्थानको स्वास्थ्य शाखाको आयोजनामा भूमिकास्थानका १० वटै वडामा रहेका स्वास्थ्यचौकी तथा सामुदायिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मि लक्षित एक दिने अभिमुखीकरण कार्यक्रम भूमिकास्थान–८, पोखेडाँडामा सम्पन्न भएको हो ।

भूमिकास्थानका नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको सो कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडे र प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपालीले पनि सम्बोधन गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै उहाँहरुले खोप अभियान किशोरीहरुको लागि निकै प्रभावकारी रहेको र सरकारको ठुलो लगानीमा संचालन हुन लागेको भन्दै अभियान सफल पार्न सरोकारवालाको हातेमालो हुनुपर्नेमा जोड दिनुभएको छ ।
अभियान सफल पार्न भूमिकास्थानको पूर्ण साथ र सहयोग रहने बताउँदै उहाँहरुले खोप अभियानमा प्रत्यक्ष जोडिने स्वास्थ्यकर्मिहरुलाई पूर्णजिम्मेवारिका साथ फिल्डमा खट्न आग्रह समेत गर्नुभएको छ ।अभिमुखिकरण कार्यक्रममा भूमिकास्थानका १० वटै वडामा रहेका स्वास्थ्यचौकीतथा सामुदायिक स्वास्थ्य केन्द्रबाट २० जना स्वास्थ्यकर्मिहरुको सहभागितारहेको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका कोल्डचेन सुपरभाइजर सुदनराज पाख्रेल, जनस्वास्थ्य निरिक्षक यमुना मरासिनी, भूमिकास्थानकास्वास्थ्यशाखा प्रमुख सुरेश गैर र पब्लिक हेल्थ नर्स विन्दु खनाल पन्थीले सहजीकरण गर्नुभएको थियो।

अर्घाखाँचीभर ८ हजार १ सय ६० किशोरीलाई खोप दिने लक्ष्य राखिएकोमा भूमिकास्थानमा १ हजार २ सय ७३ जना किशोरीलाई एच.पि.भि. खोप दिइने नगरपालिकाले जनाएको छ ।२२ वटा विद्यालय र १० वटा स्वास्थ्य संस्था गरि ३२ वटा खोपकेन्द्र मार्फतविद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १ हजार २ सय ५७ जना र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष सम्मका १६ जना गरि जम्मा १ हजार २ सय ७३ जना किशोरीलाई यो खोप प्रदान गरिने भूमिकास्थानका स्वास्थ्य शाखा प्रमुख शुरेस गैरेले जानकारी दिनुभएको छ ।
पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एच.पि.भी. खोप विश्व क्यान्सर बिरुद्धको दिवसको अवसर पारेर माघ २२ गतेदेखि देशैभर एकसाथ संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका कोल्डचेन सुपरभाइजर सुदनराज पोख्रेलको भनाई छ ।खोप अभियानलाई सफल पार्न अहिले स्वास्थ्य कार्यालय अर्घाखाँचीले प्रचार–प्रसार र अन्य तयारीलाई समेत तिव्रता दिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close