आयोजनाका काममा सरकारलाई समस्या र समधानको उपाय बारेमा दबाब पत्र दिन्छौंःलामिछाने

सन्धिखर्क। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका विभिन्न आयोजना सम्पन्न गर्नको लागि दबाबमूलक यात्रा गर्ने बताउनुभएको छ ।पहिलो चरणमा २१ आयोजनाका बारेमा सरकारलाई समस्या र समधानको उपाय बारेमा दबाब पत्र दिने समेत बताउनुभयो ।यो अभियान भोली देखि संचालन हुने बताउनुभयो ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा भएको खुला सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।यस्तै, पुराना दलबाट देशको कुनै निकास नहुने भएकाले जनताले बैकल्पिक शक्ति खोजेको बताउनुभयो । जनताले नयाँ पनको सरकारको खोजीमा रहेको उहाँको दाबी छ ।पार्टि निर्माणको पाँच महिनामै देशको चौथो दल भएको रास्वपा आगामी चुनावपछि देशकै पहिलो पार्टि बन्न कसैले छेक्न नसक्ने स्पस्ट पार्नुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close