पाणिनीमा अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न, पटौटी बन्यो प्रथम

सागर महत,अर्घाखाँची ।
अर्घाखाँची पाणिनी गाउँपालिकामा अध्यक्ष कप दोस्रो रनिङ शिल्ड भलिबल प्रतियोगिता सम्पन्न भएको छ।प्रतियोगितामा प्रथम स्थानमा वडा नम्बर ४ पटौटी भलिवल समुह, दोस्रो स्थानमा वडा नम्बर १ पणेना, तृतीय वडा नम्बर २ पोखराथोक र सान्त्वना वडा नम्बर ५ मैदान भलिबल समुह भएको छ ।
प्रतियोगितामा विजेता टिमलाई क्रमश ५० हजार,२८ हजार,१५ हजार ,१० हजार र शिल्ड,मेडल प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिनुभयो ।
स्थानीय खेलाडी उत्पादन गर्ने उदेश्यका साथ गत वर्षदेखि संचालन गरिएको यस वर्षको प्रतियोगितामा ८ टिमको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !