नेपालले थ्री नेसन्स कपको उपाधि जित्यो

काठमाण्डौं ।नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ।आज दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको हो।नेपाललाई उपाधि दिलाउने क्रममा सन्जोग राई र विशाल राईले एक–एक गोल गरे। बंगलादेशले दोस्रो हाफमा एक गोल फर्कायो। बंगलादेशका लागि महबुबुर रहमानले ८३ मिनेटमा गोल फर्काए।थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।
कमेन्ट गर्नुहोस !