आज धेरै ठाउँमा पानी पर्ने

काठमाण्डौं ।यो वर्षको मनसुन भित्रिएसँगै देशका अधिकांमश धेरै ठाउँमा वर्षा भएको छ । शुक्रबार नेपालको पूर्वी भूभागमा मनसुन आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सोहिअनुसारको प्रभावले आज पूर्व र मध्य क्षेत्रमा मौसम पूर्ण बद्ली तथा सुदूरपश्चिम र लुम्बिनीमा आंशिक बद्लीको अवस्था रहेकाले धेरै ठाउँमा पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।
साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् भने गत वर्ष मनसुन फैलिएको एक सातापछि देशभर वर्षा भएकोमा यसपटक सुरुवातमै पानी पर्न थालेको हो ।
कमेन्ट गर्नुहोस !