अर्घाखाँचीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४घण्टामा ७जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सन्धिखर्क नगरपालिकामा ५जना,भुमिकास्थान नगरपालिका २जना गरि ७जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४हजार१सय ४८ पुगेको छ।यस्तै पछिल्लो २४घण्टामा जिल्लाभर बाट६जना कोरोना मुक्त भएर डिस्चार्ज भएसंगै हाल सम्म कोरोना मुक्त हुनेको प्प ४ हजार ४३पुगेको छ।

अब सक्रिय कोरोना संक्रमितको संख्या ६० रहेको छ।सन्धिखर्क नगरपालिकामा २४जना,भुमिकास्थान नगरपालिकामा १२जना,मालारानी गाउँपालिकामा १९जना,पाणिनी गाउँपालिकामा ३जना र छत्रदेव गाउँपालिकामा २जना गरि ६०जना सक्रिय कोरोना संक्रमित रहेका छ्न।यस्तै हाल सम्म कोरोना संक्रमण बाट जिल्लामा मृत्यु हुनेको संख्या ८१रहेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close