भोली नरपानीमा शालिक अनावरण गर्न मुख्यमन्त्री आचार्य अर्घाखाँची आउँदै

सन्धिखर्क ।नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले भोली (शनिबार) १२ औं जिल्ला अधिवेशन र शालिक अनावरण कार्यक्रम एकै दिन राखेको छ ।
नरपानीमा शालिक अनावरणको लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्य आउने संगठनका जिल्ला कोषाध्यक्ष विशाल महतले जानकारी दिनुभयो ।नरपानीमा सहित मनोज जोसी,सुरेन्द्र बिक र झपेन्द्र कार्कीको सालिक अनावरण बिहान ८ः३० मा मुख्यमन्त्री आचार्यबाट हुने छ ।यस्तै जिल्ला अधिवेशनमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइराला पनि आउने जनाएको छ ।
अधिवेशनमा जिल्लाका ६वटै पालिका बाट संगठनका प्रतिनिधिहरुको सहभागी हुने छ । बिहान १० बजेदेखि सन्धिखर्कको संगमफुण्ड ल्याण्डमा हुने कार्यक्रमको तयारी पुरा भएको कोषाध्यक्ष महतले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !