सन्धिखर्कमा आज मालबाहक सवारीलाई लोड अनलोड गर्न रोक

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आज हरिबोधनी एकादशीको दिन मेला ब्याबस्थापन गर्न मालबाहक सवारीलाई लोड अनलोडमा रोक लगाएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १र २ को सन्धिखर्क बजार र चुत्राबेसी बजारमा हरिबोधनी एकादशीको दिन लाग्ने मेला र भैलो ब्याबस्थित बनाउन आज बिहान ६ बजेदेखी बेलुका ६ बजे सम्म सन्धिखर्क बजारमा मालबाहक ट्रक ÷ बस, चारपाङ्ग्रे र दुई पाङ्ग्रे सबारी साधन प्रवेशको लागि ठाउँ तोकिएको सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
खनदह, खन जिमुर्थुम तम्घास बल्कोट वाङला र च्यानडाडा हुँदै पाणिनि क्यामप बाट सन्धिखर्क बजार तर्फ आउने सबारी साधनहरु बसपार्कमा गइ पार्किङ गर्ने उल्लेखित सडक प्रयोग गरि सिधै सन्धिखर्क बाट बाहिरिने सबारिका साधनहरु पाणिनि चोक गुन्टिखोला टुडिखेल जिल्ला प्रहरी कार्यालयको गेट बाट शान्तिनगर टोल हुदै सन्धिखर्क गोरुसिङे सडक बाट बाहिरिने पर्ने छ ।
गोरुसिङे सन्धिखर्क हुदै खनदह खन जिमुर्थम च्यान्डाडा वाङला बल्कोट निस्कने सबारिका साधनहरु शान्तिनगर चोक जिल्ला प्रहरी कार्यालय गेट टुडिखेल गुन्टिखोला पाणिनि चोक हुँदै बाहिरिने र सन्धिखर्क बजार सम्म मात्रै गन्तव्य रहेका सबारिका साधनहरु मंगलबार लाग्ने हाट बजारको साइडमा बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म रोकि राख्न पर्ने छ ।
गोरुसिङे सन्धिखर्क बसपार्क हुदै अर्घा साइड तर्फ निस्कने सवारिका साधनहरु शान्तिनगर चोक जिल्ला प्रहरी कार्यालय गेट टुडिखेल गुन्टिखोला पाणिनि चोक बसपार्क रहतले रुब्दी हुँदै जान पर्ने छ ।

हंसपुर बिहार अर्घा साइड बाट तल झर्ने सवारिका साधनहरु बसपार्कमा गइ पार्किङ गर्ने उल्लेखित सडक प्रयोग गरि सिधै सन्धिखर्क बाट बाहिरिने सवारिका साधनहरु पाणिनि चोक गुन्टिखोला टुडिखेल जिल्ला प्रहरी कार्यालयको गेट बाट शान्तिनगर टोल हुँदै सन्धिखर्क गोरुसिङे सडक बाट बाहिरिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताउनुभयो ।
यता गोरुसिङे सन्धिखर्क हुँदै धारापानी खिल्ली असुरकोट साइड तर्फ निस्कने सवारिका साधनहरु अलुवाखोला देखि सालझन्डी ढोरपाटन सडक खण्ड प्रयोग गरि कुर दुवार मो. बा. हुँदै नुवाकोट साइड बाट आफ्नो गन्तव्य तर्फ लाग्ने सन्धिखर्क सम्म गन्तव्य भएका सवारिका साधनहरु ज्योति पेट्रोल पम्प क्षेत्र आसपास पार्किङ
गर्न पर्ने छ ।धारापानी खिल्ली असुरकोट तर्फबाट सन्धिखर्क वा सन्धिखर्क बाट बाहिर निस्कने सवारिका साधनहरुले नुवाकोट कुर धारापानी किमडाडाका सवारिका साधनहरु मध्ये सन्धिखर्क गन्तव्य भएका सवारिका साधनहरु क्रमश अर्घाखाँची आबासिय बिध्यालयको माथिल्लो क्षेत्र बेलबाटिका र सन्धिखर्क नगरपालिका २ न. वडा कार्यालय र सिटि टावर आसपासको क्षेत्रमा पार्किङ गरि राख्ने गोरुसिङे तर्फ गन्तव्य भएका सवारीका साधनहरु नुवाकोट कुर दुवारा मो. बा. प्रयोग गरि अलुवा खोला निस्की आफ्नो गन्तव्य तर्फ लाग्न पर्ने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close