टी–२० विश्वकपको क्रिकेटको दोस्रो चरण खेलमा अमेरिका दक्षिण अफ्रिकासँग पराजित

काठमाण्डौं ।आईसीसी टी–२० विश्वकपमा सुपर ८ अर्थात दोस्रो चरणको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ । हिजो भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाउन सक्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो ।
कमेन्ट गर्नुहोस !