भारतसंँगको क्रिकेटमा नेपाल २३ रनले पराजित

काठमाडौं । १९औं एसियाली खेलकुद अन्तरगत नेपाल पुरुष क्रिकेटको क्वारटरफाइनलबाटै बाहिरिएको छ। ​

भारतले चीनको हाङझाउमा जारी १९ औं एसियाली क्रिकेटमा नेपाललाई २३ रनले पराजित गरेको हो। झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रनको योगफल तयार पारेको थियो।

२ सय ३ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १;o७९ रनमात्र बनाउन सक्यो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए। आरिफ शेख २९ रन बनाएर आउट हुँदा सन्दीप जोराले २९ रन नै बनाएर पेभिलियन फर्किए। कुशल भुर्तेलले २८ रन बनाए। सोमपाल कामीले ७ रन बनाउँदा गुल्सन झाले ६ रन बनाए। यस्तै करण केशी १८ रनमा अविजित रहे।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close