आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारत विजयी

काठमाडौं ।आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ।वेस्ट इण्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रो उपाधि उपाधि जितेको हो ।
भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। भारतका लागि खेलमा ओपनर विराट कोहलीले ७६, अक्षर पटेलले ४७ र शिवम् दुवेले २७ रन बनाए।
कमेन्ट गर्नुहोस !