गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा १जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका १ पौदीको जङ्गलमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५८ वर्षीय महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।आगोको मुस्लोमा परी घर्ती करिब डेढ सय मिटर तल लड्नुभएको थियो । टाउको लगायत शरिरका विभिन्न भागमा चोट लागेका घर्तीलाई थप उपचारको लागि तम्घास अस्पताल ल्याए पनि अस्पतालले मृत घोषणा गरेको छ ।
त्यस्तै, आगोमा परि सोही ठाउँका ५२ वर्षीय रेशम थापा घाइते हुनुभएको छ ।
कमेन्ट गर्नुहोस !