महाधिवेशनमा धमाधम उम्मेदवारी घोषणा

काठमाडौं । आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशन घोषणा भएपछि नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट सभापतिमा हालका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोमबार मात्र यसअघि महामन्त्रीमा पराजित गगन थापाले पनि महामन्त्रीमै उम्मेदवारी घोषणा गरेका छन् ।

संस्थापन तर्फबाट सभापति शेरबहादुर देउवा नै उम्मेदवार बन्ने करिबकरिब निश्चित छ । संस्थापनइतरबाट पनि साझा उम्मेदवारको खोजी भइरहेको छ । यद्यपि, उपयुक्त पात्रबारे सहमति जुटिसकेको छैन । संस्थापन इतरबाट वरिष्ठ नेता, रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालालगायतले दाबी गरिरहेका छन् ।

उता, एमाले महाधिवेशनका लागि भने महासचिव ईश्वर पोखरेलले अध्यक्ष उठ्ने घोषणा गरेका छन् ।

ओलीलाई पोखरेलको चुनौती
आगामी मंसिरमा हुन गइरहेको नेकपा (एमाले)को महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशनमा हालका अध्यक्ष ओलीलाई कसैले पनि चुनौती नदिने विश्लेषण भइरहेका बेला महासचिव पोखरेल अघि बढेका हुन् । यद्यपि, उनी यो विषयमा कहिलेसम्म अडिग हुन्छन्, निश्चित छैन ।

वसुन्धरामा सोमबार पत्रकारसँग कुराकानी गर्दै महासचिव पोखरेलले उमेदवारी दिने घोषणा गरेका हुन् । ‘अबको नेतृत्वमा मैले कुनै पनि पदीय रूपमा जिम्मेवारी लिन सक्छु भन्ने कुरो मैले अहिलेसम्म गरेको कामले देखिएको छ । परिस्थिति आए र कार्यकर्ताले पनि साथ दिए म ‘डिजर्ब’ गर्न सक्छु,’ उनले भने ।

कार्यकर्ताको भावना र आवश्यकताका साथै परिस्थिति हेरेर आफू अघि बढ्ने उनको भनाइ छ । एमालेले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

नेपालको राजनीति अहिले दुईवटा पोलमा केन्द्रित भएर अघि बढेको उनको भनाइ छ । केपी शर्मा ओलीले एउटा पोलको नेतृत्व गरेको र अर्को त्यसविरुद्ध बनेको गठबन्धन भएको उनको भनाइ थियो । गठबन्धन टालाटुली बटुली भएको आरोप लगाउन उनले ओलीका शब्द सापटी लिएका थिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस  आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने ईश्वर पोखरेलको घोषणा

फेरि महामन्त्री उठ्ने गगन थापाको घोषणा
नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् । थापाले सोमबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ मा पर्ने वडा नम्बर ३० मा आयोजित कार्यक्रममा आसन्न महाधिवेशनमा महामन्त्री पदमा उठ्ने औपचारिक घोषणा गरेका हुन् ।

‘आफ्नै क्षेत्रको वडामा आयोजित कार्यक्रमबाटै घोषणा गरें, १४औं अधिवेशनमा म महामन्त्री पदमा उठ्छु,’ नेता थापाले औपचारिक रूपमा आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे बोल्दै भने ।

उनी यसअघि २०७२ सालमा भएको १३औं महाधिवेशनमा पनि महामन्त्रीमा उठेका थिए । त्यसबेला उनी शशांक कोइरालासँग पराजित बनेका थिए ।

तर, यसपटक भने निर्वाचित हुने गरी उठ्न लागेको उनको भनाइ छ । थापा यसअघि कांग्रेसभित्रको तेस्रो धार मानिएका नेता कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए । यसपटक भने उनी सोही समूहबाट उम्मेदवार बन्छन् या अन्य कुनै समूहमा जोडिन्छन् भन्नेबारे केही समयपछि मात्र थाहा हुनेछ ।

‘थापालाई महामन्त्री बनाउन यसपटक सबै समूह तयार छन्, अब उहाँ पार्टीको काम गर्ने रिङमा आउनुपर्छ भन्ने धेरैको चाहना छ, यसपटक उहाँ जुनै टिमबाट आए पनि महामन्त्रीमा निर्वाचित हुने क्यान्डिडेट हो,’ कांग्रेसका एक नेताले भने ।

हाल कांग्रेसभित्र सभापति शेरबहादुर देउवाले नेतृत्व गर्दै आइरहेको संस्थापन समूहले पनि थापालाई महामन्त्रीमा ल्याउन चाहेको छ । यस्तै, इतर पक्ष मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि इतर पक्षबाट सभापतिमा एउटै उम्मेदवार तयार गरेर महामन्त्रीमा थापालाई ल्याउन चाहेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस  नागढुङ्गा–नौबिसे सडकखण्ड फेरि अवरुद्ध

यस्तै, तेस्रो धारको नेतृत्व गरेका नेता सिटौलालेसमेत यसपटक आफू सिंगो समूह बनाएर महाधिवेशनको मैदानमा उत्रने बताउँदै आइरहेका छन् ।

कांग्रेसको महाधिवेशनको प्रक्रिया भने यही १८ भदौबाट सुरु हुँदै छ । यस्तै, केन्द्रीय महाधिवेशन भने ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुनेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close