प्युठानमा पूर्व श्रीमानद्वारा एक महिलाको हत्या

प्युठान, असार ३१ गते । प्युठानमा एक महिलाको आफ्नै पूर्व श्रीमानले हत्या गरेको खुलेको छ ।जिल्लाको सरुमारानी गाउँपालिका वडा ३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको पूर्व श्रीमान लिलबहादुर बरालले चक्कु प्रहार गरी हत्या गरेका हुन् । आफन्तको घर बस्न गएकी महिलाको आफ्नै पूर्व श्रीमानले हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

हत्या अभियोगमा ऐरावती गाउँपालिका वडा नम्बर २ कात्तिकेका ३० वर्षीय लिलबहादुरलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिनुभयो ।

घटना बिहान १० बजेर १० मिनेटतिर भएको हो । रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्न जानुभएको थियो । डिलाका अनुसार, लिलबहादुरले रुक्मणीलाई फोन गरी बोलाउनुभएको थियो । घरभित्र पुगेपछि उनले चक्कु प्रहार गरी हत्या गरेका हुन् ।लिलबहादुर वैदेशिक रोजगारीबाट केहि दिन अघि घरमा आएको स्थानीयले बताएका छन । घटना बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close