अर्घाखाँचीमा ६ जनामा कोरोना पुष्टि

अर्घाखाँची।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ४ जना,मालारानी गाउँपालिकामा १ जना र पाणिनी गाउँपालिकामा १ जना गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार २ सय १९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ९ जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या ४ हजार ८९ रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ४९ रहेको छ । यस्तै कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ८१ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close