आइपर्ने विपत्तिलाई मध्यनजर गर्दै भूमिकास्थान रुपन्देही सम्पर्क समाजले राहत कोष स्थापना गर्ने

बुटवल। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका भित्र आइपर्ने विपत्तिलाई मध्यनजर गर्दै राहत कोष स्थापना गरिने भैइएको छ ।भूमिकास्थान नगरपालिकाबाट विभिन्न सिलसिलामा रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा अस्थायी र स्थायी रुपमा बसोबास गर्नेहरुको साझा संस्थाका रुपमा रहेको भूमिकास्थान रुपन्देही सम्पर्क समाजले आगामी दिनमा पालिका भित्र हुन सक्ने विपत्तिलाई मध्यनजर गर्दै पीडितलाई राहत दिने उद्धेश्यले राहत कोष स्थापना गर्न लागेको अध्यक्ष लक्ष्मण बेल्वासेले जानकारी दिनुभएको छ।
शुक्रबार बुटवल १३ बेल्वासमा बसेको समाजको बैठकले उपाध्यक्ष ढुण्डिराज खनाल (ढाकावाङ्ग) संयोजक रहेको ७ सदस्यीय राहत कोष संरक्षण समिति समेत निर्माण गरेको छ।
जसको उप(संयोजक सन्तोष बन्जाडे ९धारापानी० र सदस्यहरुमा क्रमशः प्रेम बन्जाडे (असुरकोट), मुकुन्द बेल्वासे (खिल्जी), गोपाल गैरे (नुवाकोट), हेमन्त मरासिनी (ढिकुरा) र प्रकाश जिसी (धनचौर) लाई चयन गरेको छ।
त्यस्तै बैठकले समाजले गरेका काम र निर्णयहरुलाई आम सदस्य तथा जनता माझ पुर्याउने जिम्मा प्रेस सल्लाहकार टेकराज भुसाललाई दिएको सचिव यमप्रसाद गैरेले जानकारी दिनुभएको छ।
कमेन्ट गर्नुहोस !