आईपीएल क्रिकेटमा राजस्थानको पहिलो हार

काठमाण्डौं ।आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले पहिलो हार ब्यहोरेको छ। गएराति भएको खेलमा गुजरात टाईटन्सले राजस्थानलाई ३ विकेटले हराएको हो। राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो।त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर १ सय ९६ रन बनायो। जित पछि गुजरात ६ खेलमा ६ अंक सहित छैठौं स्थानमा छ। राजस्थान ५ खेलमा ८ अंक सहित शीर्ष स्थानमा छ।

प्रतियोगितामा आज मुम्बई इंडियन र रोयल च्यालेन्जर्स बेंगलूरु बीच खेल हुनेछ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close