ग्यास्ट्रो सेन्टर बुटवलमा कलेजोको बायोस्पी जाँचको सुरुवात

अर्घाखाँची ।ग्यास्ट्रो सेन्टर बुटवलमा कलेजोको बायोस्पी जाँच को सुरुवात भएको छ ।कलेजोको अवस्था बारेमा पत्ता लगाउने बिश्वस्निय जाँच कलेजोको बायोस्पी सेवा बुटवलमा पहिलो पटक ६० वर्षिय महिलाको जाँच गरिएको छ। कलेजोको वायोस्पी जाचँबाट बिरामिको कलेजोको अवस्था, क्यान्सर लगायत अन्य समस्या भए नभएको बारेमा यसबाट पत्ता लगाउन सकिन्छ।
फाइब्रोस्क्यान पछि समस्या ग्रस्त कलेजोको रोगी बिरामिको अवस्थाको बिस्वस्त जाँच गर्नको लागि यसभन्दा पहिले यस क्षेत्रका बिरामिलाई काठमाण्डौं लगायतका ठाउँमा जानुपर्ने बाध्यता अबदेखि हटने भएको छ ।
यो जाँच ग्यास्ट्रो सेन्टर बुटवलका विशेषज्ञ डा. बिष्णु पौडेल, डा. सुदिप थापा, तथा पेट, कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डा. मोहन भुसाल , डा. सबिर कुमार श्रेष्ठ को टिमले गर्न सफल भएको हो। यो सुबिधा संगै ग्यास्ट्रो सेन्टर बुटवलमा पेट कलेजो आन्द्रा तथा प्यान्क्रियाज सम्बन्धि सम्पुर्ण रोगको जाचँ गरिने डा. मोहन भुसालको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close