अर्घाखाँचीमा आगोले जलेर १जनाको मृत्यु

प्रेमनारायण आचार्य,सन्धिखर्क।  अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ काउलेकी ८१ वर्षीया महिलाको आगोमा जलेर मृत्यु भएको छ।

घरमा खाना बनाउने क्रममा आगोले जलेर गम्भीर घाइते भएकी पार्वती पाण्डेको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक विक्रम रिजालले बताउनुभयो ।

गत सोमबार आगोले जलेर घाइते भएकी उहाँको उपचारका क्रममा पाल्पा मिसन अस्पताल तानसेनमा आज बिहान मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close