पाणिनि गाउँपालिकाः६ ले शैक्षिक सुधारका लागि विद्यार्थीलाई झोला, ड्रेस र डटपेन वितरण गर्ये

सन्धिखर्क।अर्घाखाँची पाणिनि गाउँपालिका वडा नम्बर ६ले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला, ड्रेसको कपडा, डटपेन वितरण गरेको छ ।
जसअन्तर्गत धातिवाङ्ग मावि, अमर आधारभुत विद्यालय, सिता आधारभुत विद्यालय, सुर्योदय आधारभुत विद्यालय, कालिका आधारभुत विद्यालयबाट छनोट भएका ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री १ वटा झोला १ सेट ड्रेसको कपडा २० वटा कापी र ५ वटा डटपेन वितरण गरिएको वडा अध्यक्ष कृष्ण पौडे्लले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, कार्यपालिका सदस्य तारा पौडेल, वडा सदस्यहरु तारा पौडेल, पुनिकुमारी वि.क., खगेश्वर पौडेल र हरिप्रसाद पौडेल, वडा सचिव राजन महत्रा, नेपाली कांग्रेसका कावा सभापति लिलापति पौडेल लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !