कांग्रेस ढिकुरा वडा कार्यसमितिको भित्तेपात्रो विमोचन

अर्घाखाँची ।नेपाली कांग्रेस भुमिकास्थान नगरपालिका वडा नम्बर ९, ढिकुरा वडा कार्यसमितिको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
वडा भित्रका सबै नागरिकलाई नया वर्ष २०७९ को भित्तेपात्रो वितरण गर्ने उद्देश्य सहित क्यालेण्डर विमोचन गरिएको हो।
नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण खनालले क्यालेण्डरको कभर अनावरण गरेर विमोचन गरे। क्यालेण्डर विमोचन गर्दै सचिव खनालले वडाको सक्रियता सरहानिय रहेको बताए। वडाले यस्तै गतिविधी मार्फत जनताका समस्या थाहा पाउने र घरदैलो गर्नुपर्ने उनको भनाई छ।
विमोचन कार्यक्रममा कांग्रेस जिल्ला सदस्य एवं प्रचार विभाग प्रमुख सुर्य भुसाल, जिल्ला सदस्य हरी दमासे, क्षेत्रिय सचिव सुरज रायमाझी, नगर सचिव तारा प्रसाद घिमिरे, ढिकुराका पुर्व पार्टी सभापती बिष्णु मरासिनी, उमेश घिमिरे, अग्रज नेता पुर्ण बहादुर शाही, रामप्रसाद भुसाल लगायतले मन्तव्य राखेका थिए।
पार्टीका पदाधिकारी, स्थानिय नेता, सुभेच्छुक लगायतको उपस्थिती रहेको कार्यक्रम वडा सभापति तिर्थराज घिमिरेको अध्यक्षता र सचिव लक्ष्मण घिमिरेको संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close