खेतीबाली जोगाउन कृषकलाई भोटे कुकुर वितरण

सागर महत ,सन्धिखर्क।
अर्घाखाँचीको पाणिनी गाउँपालीका वडा नम्बर २ले वन्यजन्तुबाट खेतीबाली जोगाउन कृषकलाई भोटे कुकुर वितरण गरेको छ ।वडाले पोखराथोकमा कृषकलाई शुद्ध नश्लका भोटे कुकुर वितरण गरेको वडा कार्यालयले जनाएको छ ।
बाँदर, बँदेल, दुम्सी लाग्ने क्षेत्रका कृषककै मागका आधारमा खेतबारीमा अन्नबाली, फलफूल र तरकारी नोक्सानी गरेर हैरानी पारेपछि यसको रोकथामका लागि कुकुर बाढिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए।

पहिलो चरणमा ९ वटा कुकुर कृषकहरूको २५ प्रतिशत र वडा कार्यालयको ७५ प्रतिशत लागतमा भोटे कुकुर वितरण गरिएको वडा अध्यक्ष पौडेललको भनाइ छ । बाँदर लागेर खेतीपाती जोगाउन मुस्किल भएका तथा वन्यजन्तुबाट हैरानी खपेका कृषकहरू पनि भोटे कुकुर पाएपछि खुशी भएका छन् ।
४० देखि ६० दिन सम्मका कुकुरहरूको खरिद मुल्य प्रति कुकुर ३५ हजार रहेको छ । कृषकहरूले ३५ हजारको २५ प्रतिशत अर्थात ८ हजार ७ सय ५० रुपैयामा शुद्ध नश्लका भोटे कुकर पाएका छन् ।
वडा अध्यक्ष पौडे्लका अनुसार यसअघि उनले किसानका हातमा प्लास्टिक–पाइपबाट बनाइएका बन्दुक दिएका थिए । खेतबारीमा काँडेतार लगाएर पनि बाँदरबाट बाली जोगाउने उपाय अपनाइएको थियो । त्यो सफल नभएपछि कुकुर वितरण गर्न सुरु गरिएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close