एमाले नेता भीम रावलद्वारा अध्यक्षका लागि उम्मेदवारी दर्ता

चितवन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चितवनमा जारी १०औं महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन्।सौराहामा जारी बन्दसत्रमा केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदमा राख्दै सहमतिका लागि नयाँ नेतृत्वको नामावली घोषणा गरेका थिए । तर उनलाई चुनौती दिइरहेका भीम रावलले असहमति जनाएपछि अन्ततः अध्यक्ष पदका लागि निर्वाचन हुने भएको हो ।रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।
कमेन्ट गर्नुहोस !