साथी बहुउद्देश्यीय सहकारीको उद्योग र बिक्री केन्द्र सन्धिखर्कमा संचालनमा आयो

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीको सन्धिखर्कमा रहेको साथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालीत साथी बहुउद्देश्यीय सहकारी उद्योग र बिक्री केन्द्रको सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै उहाँले स्थानीय उत्पादनलाई प्राथामिकतामा राखेर संचालन गरिएको सहकारी सँग नगरपालिकाले पनि सहकार्य गरेर काम गर्ने बताउनुभयो ।पछिल्लो समय सहकारी प्रति धेरै मानिसमा विश्वास हराउँदै गएको समयमा उत्पादन क्षेत्रमा लगानी गरि सहकारीले पनि काम गर्न सक्छन भन्ने वातावरण सृर्जना गरेकोमा धन्यवाद दिनुभयो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कलराज ढकालले सहकारीले नियमसमत काम गर्न सकेमा प्रतिफल राम्रो दिने बताउनुभयो ।अर्घाखाँचीमा बैंक ,सहकारी,फाइनास लगायतका ५० वटा वितिय क्षेत्रमा हालको अवस्थामा साढे ११ अर्ब रुपँया रकम रहेको छ ।जसमध्ये उत्पादन क्षेत्रमा मात्र साढे २ अर्ब रुपँया मात्र लगानी भएको अर्घाखाँची सहकारी संघ अध्यक्ष तथा साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकाश भुसालले जानकारी दिनुभयो। विशेष गरी जिल्लामा उत्पादन भएका सामग्रीलाई प्राथामिकतामा राखेर करिव १ करोडको लगानीमा साथी बहुउद्देश्यीय सहकारी संस्थाको उद्योग तथा बिक्री केन्द्र संचालनमा ल्याएको बताउनुभयो ।यसमा यसमा ६० भन्दा बढी व्यक्तीको मात्र १ लाखका दरले ६० लाख भन्दा बढी शेयर रहेको बताउनुभयो ।

बिक्री केन्द्रबाट गोदोको मिठो,स्थानीय स्तरको चामल,तोरीको तेल लगायत पाइने अध्यक्ष कृष्ण प्रसाद भुसालले बताउनुभयो ।त्यसको लागि मेसिन पनि जडान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रम साथी बहुउद्देश्यीय सहकारी उद्योग र बिक्रि केन्द्रका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता र सचिव धर्मराज भुसालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close