मलाई बन्धक बनाइएको होः म माओवादी नै हो वली

रुपन्देही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई ‘बन्धक’ बनाएको प्रदेशसभा सदस्य विमला खत्री वलीले बताउनुभएको छ । उहाँले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो प्रतिक्रिया दिनुभएको हो ।

आफू नेकपा माओवादी केन्द्रमा लागेदेखि नै एमाले र मुख्यमन्त्रीले दबाब दिइरहेकोमा अहिले बन्धक बनाउने र एमालेमै बसेर मन्त्री पद खानसमेत प्रलोभन देखाएको बताउनुभएको छ । पत्रकार सम्मलेनमार्फत वलीले आफू साउन १५ गते उपचारका लागि नेपालगञ्ज हिँडेकोमा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानवबहादुर रावतले जबरजस्ती मुख्यमन्त्रीको निवास बुटवल ल्याएको बताउनुभएको छ ।आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र १८ गते मुख्यमन्त्री निवासबाट बाहिर निस्कन नदिइ निरन्तर दबाब दिइएको वलीको भनाइ छ ।आज पत्रकार सम्मेलन गरेर उहाँले आफूलाई मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाएर जबरजस्ती वक्तव्यमा हस्ताक्षर गर्न लगाएको भन्दै आफू माओवादी केन्द्रमै रहको प्रष्ट पार्नुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close