छत्रदेव गाउँपालिका र रूरूक्षेत्र गाउँपालिकाको लागत साझेदारीमा रिडीमा बन्न लागेको विश्राम स्थलको शिलान्यास

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका र गुल्मीको रूरूक्षेत्र गाउँपालिकाको लागत साझेदारीमा रिडीमा दाहसंस्कार कार्य गर्न आउनुहुने मलामीहरूको सुविधाका लागि विश्रामस्थल बनाउन लागिएको छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभएको छ। उक्त स्थलको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।गाउँपालिकाबासी पनि त्यहाँ दाहसंस्कारका लागि जाने भएकाले साझेदारीमा काम सुरु गरेको बताउनुभयो ।
रूरूक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पूनित कार्यको लागि सबैले सहयोग र संरक्षण गर्न सबैलाई अनुरोध गर्नुभयो ।
रूरूक्षेत्र गाउँपालिका वडा नम्बर १ मा रहेको रिडी क्षेत्रमा बन्न लागेको विश्राम स्थलमा शौचालय, खानेपानी र बस्नेस्थल बनाउन सुरु गरिएको छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज घिमिरेले जानकारी दिनुभयो ।करिव ३५ लाख लागतमा बन्न लागेको विश्राम स्थलमा ५०/५० प्रतिसत लागत साझेदारी रहेको प्रमुख प्रशासकिय अधिकृत घिमिरेको भनाइ छ ।कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष मनी पन्थी ,रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डे लगायतको पनि सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !