हुलाक दिवसमा अर्घाखाँचीका १४ जना हुलाकी कर्मचारी र १ जना पत्रकार सम्मानित

गोपाल प्रसाद भट्टराई असौज२४,अर्घाखाँची ।
अर्घाखाँचीमा १४ जना हुलाकका कर्मचारी र १ जना पत्रकार सम्मानित भएका छन्। १५१ औं विश्व हुलाक दिवसको अवसरमा आयोजित बिशेष कार्यक्रम मार्फत सेवा निवृत र उत्कृष्ट गरि १४ जना कर्मचारी र एक जना पत्रकारलाई जिल्ला हुलाक कार्यालय अर्घाखाँचीले सम्मान गरेको हो ।यसरी सम्मानित हुनेहरुमा पत्रकारतर्फ सामुदायिक रेडियो अर्घाखाँचीका स्टेशन म्यानेजर गोपाल प्रसाद भट्टराई, उत्कृष्ट कर्मचारी तर्फ जिल्ला हुलाक कार्यालय अर्घाखाँचीका नासु मदन भट्टराई, दिपा खनाल चुंदाली,दामोदर पोख्रेल मालारानी, जीवप्रसाद श्रेष्ठ पाणिनी र सिता खनाल छत्रदेव रहनुभएका छ ।

यस्तै सेवानिवृत कर्मचारी तर्फ ओमलाल भट्टराई धनचौर, टोपलाल पाण्डे छत्रगञ्ज, नुमलाल पौडेल र माधव पौडेल जुकेना, कमला खनाल केरुङ्गा, हुलाकी कमल घिमिरे, डबल प्रसाद भुसाल बाँगी, चुरामणी भट्टराई पाणीनी र जिल्ला
हुलाक कार्यालय अर्घाखाँचीका कार्यालय सहयोगी गिरी प्रसाद मरासिनी
रहनुभएको छ ।


जिल्ला हुलाक कार्यालय अर्घाखाँचीले दिवसको अवसरमा बुधबार दिउसो कार्यालय परिसरमा सरसफाई, सांझ दिपप्रज्वलन, बिहिबार बिहान जिल्ला अस्पताल अर्घाखाँचीमा भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण र दिउसो सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको कार्यक्रम व्यवस्थापक हेमनाथ मरासिनीले जानकारी दिनुभएको छ ।
पालिका तथा वडातहमा रहेका हुलाक कार्यालयका कर्मचारी, जिल्ला हुलाक कार्यालयका कर्मचारी, निवृत कर्मचारी र पत्रकारको समेत उपस्थितिमा गरिएको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले ऐतिहासिक महत्व बोकेको हुलाक सेवालाई समय सापेक्ष सूचना र प्रविधि मैत्री बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनालले हुलाक सेवाले गरेको द्रुत विकासले सूचनाको विकासमा ठूलो सहयोग पुगेको धारणा राख्नुभयो । “अहिलेको आवश्यकता भनेको हुलाकलाई अत्याधुनिक र सुचना प्रविधी मैत्री बनाउनु हो।”, अध्यक्ष खनालले भन्नुभयो । “हुलाक सञ्चार माध्यमको तालुक अड्डा पनि हो ।” संचारक्षेत्रसंग हुलाक र हुलाकसंग संचारजगतको समन्वय अपरिहार्य भएको उहाँको तर्क छ ।कार्यक्रममा बोल्दै जिल्ला हुलाक कार्यलय अर्घाखाँचीका प्रमुख हुलाक अधिकृत भरत सापकोटाले हुलाकले धेरै अन्तराष्ट्रिय संस्थाहरुसंग समेत सांझेदारी गरेर अगाडि बढ्नुपर्ने र सोहि अनुसार अगाडि बढ्दा सेवा प्रवाहपनि प्रभावकारी भएको बताउनुभयो ।

हुलाकको संस्थागत विकास, जनताको सेवालाई अझ प्रभावकारी बनाउन आम सरोकारवालासंग समन्वय गरेर अगाडि बढ्न आफु र आफ्नो टिम तत्पर रहेको हुलाक अधिकृत सापकोटाले प्रष्ट पार्नुभयो ।हुलाक अधिकृत सापकोटाको अध्यक्षता, बिमला पोख्रेल भट्टराईको स्वागत मन्तव्य र मदन भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा उत्कृष्ट कर्मचारी, पत्रकार र सेवानिवृत कर्मचारीहरुलाई सम्मान गरि

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close