अर्घाखाँचीमा एचपिभी विरुद्धको खोप अभियान सुरु,८हजार बढीलाई लगाइदै

सन्धिखर्क।पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभि भाईरस विरुद्धको खोप आजदेखि देशव्यापी लगाउन सुरु गरिएको छ । सोही अभियान अन्तर्गत अर्घाखाँचीका ८ हजार बढी किशोरीहरुलाई खोप लगाउने अभियान पनि सुरु भएको हो।खोपको जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले सन्धिखर्कमा एक कार्यक्रमका उद्घाटन गर्नुभएको हो।

स्वास्थ्य कार्यालय अर्घाखाँचीले आजदेखि एचपिभी विरुद्धको खोप कार्यक्रम संचालन भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अर्घाखाँचीका कुल ८ हजार १ सय ६० किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले जानकारी दिनुभयो ।

जसमध्ये विद्यालय मा अध्ययनरत ७ हजार ८ सय ५१ छात्रा तथा विद्यालय बाहिर रहेका ३ सय ९ रहेका उनले बताउनुभयो।

 


जिल्लाका ६ स्थानीयतहमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई एचपिभी विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय अर्घाखाँचीका खोप अधिकृत विजय विकले जानकारी दिनुभयो।
खोप लगाउन विद्यालय स्तरमा १४५ र वडामा ६१ गरी २०६ वटा खोप केन्द्र रहेका छ्न । खोप लगाउन जिल्लाभरमा २०४ जना स्वास्थ्यकर्मी, ४०६ जना महिला स्वास्थ्य स्वयंसेविका र विद्यालय शिक्षिका खटेका छ्न।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close