अर्घाखाँचीमा २ छोराकी आमा सम्पर्क बिहिन,खोजी गरिदिन परिवारकाे आग्रह

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ घोचेखोला निवासी देवका बन्जाडे जेठ १ गते बिहान ४ बजेदेखी सम्पर्क बिहिन हुनुभएको छ ।देवकाका श्रीमान दिनेश बन्जाडेका अनुसार १४ र १३ वर्षका दुई छोराहरु आमासंग छोडेर उहाँ सम्पर्क बिहिन हुनुभएको हो ।
हाल रोजगारीको सिलसिलामा परदेशमा रहनुभएका दिनेशले श्रीमतिको खोजी गरिदिन अनुरोध गर्नुभएको छ । साथै आफन्त ईष्टमित्र सवैतिर सम्पर्क गर्दा पनि देवकाको अत्तोपत्तो नलागेको हरिप्रसाद भुसालले जानकारी दिनुभएको हो ।
उहाँलाई कतै देख्नुभाे वा भेट्नुभाे भने नजिकैकाे प्रहरी चौकी वा आफन्तलाई सम्पर्क गरिदिन परिवार श्रोतले आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस !