गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका तिन जनाको मृत्यु

गुल्मी ।गुल्मीमा पहिरोमा पुरिएर तिन जनाको मृत्यु भएको छ ।जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर वडा नम्बर ८मा गएराती अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृत्यु हुनेमा खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

एक तले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बिचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पुरिएको बताएको छ । तिलक परियारको घरमा ६ जनाको परिवार रहेको थियो ।
परिवारका ३ जना छोरीको मृत्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । राति २ बजे पहिरो गएको थियो । सुचना पाउना साथ जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली उद्वारको लागि सोहि ठाउँमा पुगेको थियो । शव लाई बिहान४ बजेपछि पछि बाहिर निकालिएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close